दफा १७
निर्माण व्यवसायी कोष
(१) सार्वजनिक निर्माण कार्यको गुणस्तर र निर्माण व्यवसायीहरुको कार्यक्षमतामा बृद्धि गराउन निर्माण व्यवसायीहरुलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन एक निर्माण व्यवसायी कोषको स्थापना गरिएको छ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहने छन ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) निर्माण व्यवसायीहरुबाट तोकिए बमोजिम प्राप्त दस्तुर,
(ग) स्वदेशी वा विदेशी संघ संस्थाबाट प्राप्त रकम ।
(३) कोषको खर्च परिषद्को निर्णय अनुसार हुनेछ ।
(४) उपदफा (१) बमोजिमको कोषको संचालन तथा लेखा परिक्षण तोकिए बमोजिम हुनेछ ।